कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

हिमाल प्रेस २८ कार्तिक २०८२ ५:५० | Friday, November 14, 2025
16
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

ललितपुर- गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आआफ्नो धारणा राखेका थिए।

पार्टीको बैठक शनिबार (यही कात्तिक २९ गते दिउँसो २:०० बजे) केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए।

बैठकपछि प्रतिक्रिया दिँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुपर्ने बताए।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जनसरोकारका विषय र देशको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित: २८ कार्तिक २०८२ ५:५० | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast