शिक्षक कर्मचारीलाई भत्ता दिने नदिने अन्योल, शिक्षा तथा मानव स्रोतलाई लेखियो पत्र

हिमाल प्रेस ३ मंसिर २०८२ १२:०२ | Wednesday, November 19, 2025
480
SHARES
शिक्षक कर्मचारीलाई भत्ता दिने नदिने अन्योल, शिक्षा तथा मानव स्रोतलाई लेखियो पत्र

काठमाडौँ- धनकुटा नगरपालिकाले जिल्लामा कार्यरत स्थायी, अस्थायी, करार तथा राहतअनुदान कोटाका शिक्षकले भत्ता पाउने कि नपाउने भन्ने विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरसँग निर्देशन मागेको छ।

विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८२/८३) मा शिक्षकको तलब तथा सेवासुविधाअन्तर्गत स्थानीय भत्ताको व्यवस्था गरिएको भए पनि व्यवहारमा यसको लागु प्रक्रिया अस्पष्ट रहेको नगरपालिकाले उल्लेख गरेको छ।

अर्थ मन्त्रालयले तलबभत्ता २०८१/८२ सम्बन्धी परिपत्रमार्फत स्थानीय भत्ताबारे प्रावधान राखेको र धनकुटा नगरपालिका ‘घ’ वर्गमा परे पनि हाल निजामती कर्मचारीहरूले ‘ङ’ वर्गको स्थानीय भत्ता पाउँदै आएको नगरपालिकाको दाबी छ। सोही आधारमा शिक्षकका पेसागत संस्था, प्रधानाध्यापकहरू र शिक्षकहरूले पनि आफूहरूलाई स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

तर, शिक्षकहरूले भत्ता पाउने कि नपाउने, पाउने भए कुन दरमा र कहिलेदेखि लागु हुने भन्ने विषयमा स्पष्टता नआएकाले निर्णय गर्न कठिनाइ भइरहेको नगरपालिकाको भनाइ छ।

यही कारण धनकुटा नगरपालिकाले केन्द्रलाई औपचारिक पत्रमार्फत निर्देशन माग्दै स्थानीय भत्ता उपलब्ध गराउने प्रक्रिया, दर र लागु मितिबारे स्पष्ट मार्गदर्शन प्रदान गर्न आग्रह गरेको छ।

प्रकाशित: ३ मंसिर २०८२ १२:०२ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast