कम्युनिस्ट एकताले सधैँ राम्रो गर्दैन : विप्लव

हिमाल प्रेस २० कार्तिक २०८२ १८:२४
18
SHARES
कम्युनिस्ट एकताले सधैँ राम्रो गर्दैन : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशमा उत्तेजना फैलाउन प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुन सक्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित जनसभामा बोल्दै बिप्लवले विदेशी डलर लिएर नेपाली जनतालाई भ्रष्टिकरण गर्ने र देशमा उत्तेजना फैलाउने प्रतिबन्ध लगाएपछि मात्रै निष्पक्ष चुनाव हुने बताएका हुन्। उनले अझै पनि सबै क्षेत्र वर्गका जनताले अग्राधिकार नपाएसम्म संघीयता पूर्ण रुपमा कार्यान्वयन नहुने जिकिर गरे।

विप्लवले राज्यसत्ता जनताले बनाएपछि प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्ने बताए। कम्युनिस्ट एकताले नेपालमा सधैँ राम्रो गर्छ भन्ने नरहेको भन्दै विचार नपुराए कम्युनिस्ट एकता निकै घातक हुने उनले बताए। विप्लवले मुलुकमा देखिएको बेतिथिको बिरुद्ध लाग्नुपर्नेमा समाजवादी मोर्चाले त्यस्तो काम गर्न नसकेको स्वीकार गरे।

उनले राज्यसत्ता निरंकुश र मुर्ख बन्दै गएको अवस्थामा त्यसलाई झकझकाएर जेन–जी आन्दोलनले ठूलो गुण लगाएको बताए।

प्रकाशित: २० कार्तिक २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast