लिभरपुलमाथि सिटीको सानदार जित

हिमाल प्रेस २४ कार्तिक २०८२ ७:२७ | Monday, November 10, 2025
4
SHARES
लिभरपुलमाथि सिटीको सानदार जित एर्लिङ हालान्ड

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई हराएको छ। इतिहाड स्टेडियममा गएराति भएको खेलमा सिटीले लिभरपुललाई ३-० गोलले पराजित गरेको हो।

एर्लिङ हालाण्डले २९ मिनेटमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा सुरूवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गर्दै अग्रता दोब्बर पारे।

दोस्रो हाफको ६३ मनेटमा जेरेमी डोकुले गोल गरेपछि सिटी ३-० गोलले विजयी भएको हो।जितसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

सिटीले ११ खेलबाट २२ अंक जोडेको छ। समान खेल खेलेको लिभरपुल १८ अंकका साथ आठौं स्थानमा छ। २६ अंकसहित आर्सनल शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा चेल्सीले वूल्भ्सलाई ३-०, एस्टन भिल्लाले बर्नेमाउथलाई ४-०, ब्रेन्टफोर्डले न्यूकासललाई ३-१ र नटिंघम फरेस्टले लिड्स युनाइटेडलाई ३-१ गोलले पराजित गर्दा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेले।

प्रकाशित: २४ कार्तिक २०८२ ७:२७ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast