चेपे खोला साना जलविद्युतको सेयर निष्कासन सचेतना कार्यक्रम बुधबार

हिमाल प्रेस २५ कार्तिक २०८२ १७:११ | Tuesday, November 11, 2025
12
SHARES
चेपे खोला साना जलविद्युतको सेयर निष्कासन सचेतना कार्यक्रम बुधबार

गोरखा- अजिरकोट गाउँपालिका-३ (साबिक हसंपुर) मा सञ्चालनमा रहेको चेपे खोला साना जलविद्युत आयोजना (क्षमता ८.६३ मेगावाट) का प्रभावित स्थानीयवासीलाई लक्षित गरी प्राथमिक सेयर निष्कासनबारे जनचेतना कार्यक्रम हुने भएको छ।

आशुतोष इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा पर्ने हसंपुरका बासिन्दाहरूलाई प्राथमिक सेयर वितरणको प्रक्रिया अघि बढाएको हो।

कम्पनीले धितोपत्र बोर्ड नेपालमा सार्वजनिक निष्कासनका लागि अनुमति निवेदन दिइसकेको र त्यसअनुसार जानकारी तथा सचेतना कार्यक्रम आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ।

वडा नं. ३ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार कार्यक्रम कात्तिक २६ गते दिनको ठिक १ बजे वडा कार्यालय परिसरमा हुनेछ। कार्यक्रमको संयोजन एनएमबी क्यापिटल लिमिटेड, काठमाडौँले गर्नेछ।

अध्यक्ष अधिकारीले आयोजनाबाट प्रभावित सम्पूर्ण वडावासीलाई उक्त कार्यक्रममा उपस्थित भई आवश्यक जानकारी लिन र सुझाव राख्न आग्रह गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ १७:११ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast