वैकल्पिक शक्तिहरू एकताबद्ध भए मात्रै परिवर्तन सम्भव : सन्तोष परियार

हिमाल प्रेस ७ मंसिर २०८२ १३:४४ | Sunday, November 23, 2025
22
SHARES
वैकल्पिक शक्तिहरू एकताबद्ध भए मात्रै परिवर्तन सम्भव : सन्तोष परियार

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले युवापुस्ता, श्रमिक तथा वुद्धिजीवीहरूलाई एकताबद्ध भएर परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्। आइतबार राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परियारले देशको सामाजिक, राजनीतिक समस्याबाट अघि नभाग्न आग्रह गर्दै वुद्धिजीवीहरू तथा वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान गरेका हुन्।

‘यो देशका निमुखा, मजदुर, श्रमिक, गरिब जनतालाई माया गर्ने मेरा विद्धान साथीहरू, लोकतान्त्रिक र प्रगतिशील भन्न चाहने जेनजी पुस्ताका साथीहरू आउनुहोस्, हामी एकै ठाउँमा मिलेर काम गरौँ,’ उनले भने।

उनले वर्तमान पुस्ताले जिम्मेवारीबाट पन्छिन नहुने बताए। ‘यदि हामीले आज पनि समस्या समाधानतर्फ कदम चाल्न सकेनौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन। इतिहासले हामीलाई बैमानी पुस्ता भन्छ,’ परियारले भने।

परियारले एकता, इमानदारी र संघर्षमार्फत मात्र देश परिवर्तन सम्भव हुने बताउँदै सबैलाई साझा लक्ष्यका लागि उभिनुपर्ने बताए। परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताए।

‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि संघर्ष गर्‍यौँ। हामीसँग अहिले चारवटा संकट छ। पहिलो राष्ट्रियताको संकट छ। जेनजी विद्रोहपछि राष्ट्रियता ठूलो संकट देखिन्छ। दोस्रो लोकतन्त्रमाथि संकट छ। संविधानप्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ। अर्को संविधानमाथि पनि धेरै संकट छ। मुर्झाएको छ। यसको संरक्षण गर्नु आवश्यक छ। चौथो आर्थिक संकट गहिरिएको छ। संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’,उनले भने।

सरकार र नागरिकबीच विश्वासको संकट गरिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती राज्यको गुमेको विश्वास फर्काउने रहेको बताए।

प्रकाशित: ७ मंसिर २०८२ १३:४४ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast