संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग अध्यक्ष दाहालको आग्रह

हिमाल प्रेस २१ कार्तिक २०८२ १५:१३ | Friday, November 7, 2025
24
SHARES
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग अध्यक्ष दाहालको आग्रह

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन्।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिँदै अतिआवश्यक सुविधामा पुनर्विचार गर्नुपर्ने उनले बताए।

अध्यक्ष दाहालले सरकारको कामकारबाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए। उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउँदा उपस्थित हुने वातावरण बनाउनसमेत निर्देश गरे।

उनले राष्ट्रियसभाको दुई वर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०८२ १५:१३ | Friday, November 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast