चुनावअघि महाधिवेशन गर्न कांग्रेस संस्थापननिकट केन्द्रीय सदस्यहरूको माग

हिमाल प्रेस २८ कार्तिक २०८२ १७:३१ | Friday, November 14, 2025
8
SHARES
चुनावअघि महाधिवेशन गर्न कांग्रेस संस्थापननिकट केन्द्रीय सदस्यहरूको माग

काठमाडौँ-  नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि नै गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

शुक्रबार उनीहरू पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण भएकाले यो काम समयसीमा निर्धारण गरेर टुंग्याउन माग गरिएको छ। त्यस्तै वर्तमान अवस्थालाइ मध्यनजर गरी युवा पुस्ताहरुको उल्लेखनीय प्रतिनिधित्व पूरा हुने गरी विधान शंशोधन हुनुपर्ने , पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पुर्णता दिनुपर्ने, १५ औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेशी, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपाङ्गता भएकाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको केन्द्रीय सदस्य अर्जून प्रसाद जोशीले बताए।

ज्ञापनपत्रमा उनीहरूले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार उम्मेद्वार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टीको वडादेखि केन्द्रीय तहसम्म संवाद चलाएर स्पष्ट दृष्टिकोणसहितको पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८२ १७:३१ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast