पाठ्यपुस्तकको कडाइका साथ अनुगमन गर्न केन्द्रको निर्देशन

हिमाल प्रेस ३ मंसिर २०८२ १६:२६ | Wednesday, November 19, 2025
26
SHARES
पाठ्यपुस्तकको कडाइका साथ अनुगमन गर्न केन्द्रको निर्देशन

काठमाडौँ- शिक्षा तथा मानवस्रोत विकास केन्द्र, पाठ्यक्रम तथा सामग्री शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तकको कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ।

पाठ्यक्रम विकास केन्द्रको गत कात्तिक २८ गतेको पत्रका आधारमा केन्द्रले जारी गरेको निर्देशनमा शिक्षा ऐन २०२८ को दफा ८ र शिक्षा नियमावलीको नियम ३१ ले विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ।

तर पछिल्लो समय केही विद्यालयले स्वीकृत सूचीबाहेकका पाठ्यपुस्तक प्रयोग गरिरहेको गुनासो बढेपछि केन्द्रले तत्काल अनुगमन गर्न आदेश दिएको हो।

शिक्षा नियमावली, २०४९ (संशोधनसहित) को नियम ३७ बमोजिम कानुन विपरीत क्रियाकलाप भेटिएमा आवश्यक कारबाही गरी त्यसको प्रतिवेदन [email protected] मा पठाउन समेत निर्देशन दिइएको छ।

निर्देशन पत्रमा शाखा अधिकृत रेणुका अधिकारीले विद्यालयहरूले कानुनी व्यवस्था पालनामा कडाइ अपनाउन सबै इकाइलाई अनुरोध गरेकी छन्।

प्रकाशित: ३ मंसिर २०८२ १६:२६ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast