क्यान र एमसिसीबीच सम्झौता, एनपीएलमा नयाँ अवार्ड घोषणा

हिमाल प्रेस १३ मंसिर २०८२ १३:४६ | Saturday, November 29, 2025
8
SHARES
क्यान र एमसिसीबीच सम्झौता, एनपीएलमा नयाँ अवार्ड घोषणा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब (एमसिसी) बीच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरे।

क्यानले अब एनपीएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ। खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ।

यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्न तयार रहेको समेत बताएको छ।

प्रकाशित: १३ मंसिर २०८२ १३:४६ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast