बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेल आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने

हिमाल प्रेस १० मंसिर २०८२ १५:४६ | Wednesday, November 26, 2025
10
SHARES
बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेल आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने

काठमाडौँ- जनकपुर बोल्ट्सका खेलाडीहरुले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार हुने खेलमा आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आमाहरुमाथि सम्मान अर्पण गर्नका लागि बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा आ–आफ्नो आमाको नाम लेखिएका जर्सी लगाएर खेल्ने जानकारी दिएको हो।

खेलपछि उक्त जर्सीहरु विक्रिका लागि अक्सनमा राखिने र त्यसबाट उठेको रकम आमा समूहरुलाई सहयोग गर्ने जनकपुर बोल्ट्सले जनाएको छ। जनकपुर बोल्ट्सका खेलाडी ललित राजबंशीले आमाप्रति सम्मान व्यक्त गर्दै बिहीबार राम्रो खेल देखाउने बताए।

त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पेन निकै राम्रो भएको प्रतिक्रिया दिए। भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको सुरुवाती दुई खेलमा दुवै टोलीले हार बेहोरेको छ।

प्रकाशित: १० मंसिर २०८२ १५:४६ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast