नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै

हिमाल प्रेस ७ मंसिर २०८२ ७:३०
12
SHARES
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ- नेत्रहीन महिला टी २० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ।

पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा ११२ रन बनाउँदै भेट्टाएको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रकाशित: ७ मंसिर २०८२ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast