वीरगन्ज महानगरले संकलन गर्‍यो चार महिनामा २१ करोड तीन लाख राजस्व

हिमाल प्रेस ११ मंसिर २०८२ १६:३१ | Thursday, November 27, 2025
8
SHARES
वीरगन्ज महानगरले संकलन गर्‍यो चार महिनामा २१ करोड तीन लाख राजस्व

वीरगन्ज- वीरगन्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा रु २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व संकलन गरेको छ। महानगरले सो अवधिमा सम्पत्ति करतर्फ रु सात करोड ५६ लाख रकम संकलन गरेको हो।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दाबी गरे। ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेका छौँ। यद्यपी अहिले पनि अपेक्षाकृत ढंगले राजस्व भने संकलन हुन सकिरहेको छैन,’उनले भने,‘यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ।’

महानगरले चालु आवको चार महिनामा भूमिगत/मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व संकलन गरेको छ। त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ। त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने रु दुई करोड राजस्व संकलन गरेको छ।

अखेटोपहारमा लाग्ने करतर्फ भने रु पाँच करोड १० लाख राजस्व संकलन गरेको छ। अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व संकलन गरेको छ। महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ।

प्रकाशित: ११ मंसिर २०८२ १६:३१ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast