विराटनगर भन्सारले संकलन गर्‍यो लक्ष्यको ५६ प्रतिशतमात्रै राजस्व

हिमाल प्रेस ३ मंसिर २०८२ १६:३४ | Wednesday, November 19, 2025
6
SHARES
विराटनगर भन्सारले संकलन गर्‍यो लक्ष्यको ५६ प्रतिशतमात्रै राजस्व

विराटनगर– विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा लक्ष्यको करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा लक्ष्यको ७८ प्रतिशत, भदौ महिनामा लक्ष्यको ८० प्रतिशत, असोज महिनामा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको थियो।

कात्तिक महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। जेनजी आन्दोलनको प्रभाव एवम् असोजमा आएको बाढी पहिरो र डुबानका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए।

चाडबाडको मुखमा आन्दोलन भएको तथा बाढीपहिरो र डुबानका कारण उद्योग सञ्चालनमा समस्या देखिँदा आयात निर्यात ठप्प भएकाले लक्ष्यअनुसार राजस्व संकलन हुन कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयले कात्तिक महिनामा भन्सार महसुलतर्फ ७४ करोड ५० लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ७ करोड ८८ लाख र अन्तशुल्कतर्फ ७ करोड ६४ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको जनाएको छ। विराटनगर भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष ०८२/८३ मा ४१ अर्ब ३४ करोड ८० लाख रुपैया लक्ष्य तोकिएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १६:३४ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast