समाजवादी मोर्चाबाट बाहिरिए विप्लव

हिमाल प्रेस २६ कार्तिक २०८२ ९:१३ | Wednesday, November 12, 2025
6
SHARES
समाजवादी मोर्चाबाट बाहिरिए विप्लव

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट बाहिरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एकता गरेपछि नेकपाले मोर्चाबाट बाहिरिने निर्णय गरेको हो।

‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ’, आज बिहान जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाली समाजवादी पार्टी थिए।

प्रकाशित: २६ कार्तिक २०८२ ९:१३ | Wednesday, November 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast