ओलीबाट निकालिएका भीम रावल प्रचण्डसँग समाहित

हिमाल प्रेस २६ कार्तिक २०८२ १४:१३
24
SHARES
ओलीबाट निकालिएका भीम रावल प्रचण्डसँग समाहित राजधानीमा बुधबार सहमतिपत्रमा हस्ताक्षर गरेपछि हात मिलाउँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मातृभूमि जागरण अभियान, नेपालका डा. भीम रावल। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

काठमाडौँ- मातृभूमि जागरण अभियान, नेपालका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा विलय भएका छन्। एमालेको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षका लागि लडेर पार्टीबाट निष्कासनमा परेका रावल नेपाली कम्युनिस्ट पार्टीमा विलय भएका हुन्।

रावललाई ओलीले २०८१ पुस १० गते पार्टीबाट निष्कासन गरेका थिए। सौराहामा भएको एमालेको १०औँ महाधिवेशनमा ‘उपाध्यक्षमा रहन गरिएको आग्रह अस्वीकार गर्दै अध्यक्षको उम्मेदवार बनेको’ बनेपछि रावल ओलीको कारबाहीमा परेका थिए।

त्यसपछि उनी मातृभूमि जागरण अभियान, नेपाल नामक अभियानमा सहभागी भएका थिए। एमालेमा रहँदा उपाध्यक्ष र उपप्रधानमन्त्रीसमेत भइसकेका रावल नेपाली कम्युनिस्ट पार्टीमा छैटौँ वरीयतामा रहने नेताहरूले बताएका छन्।

कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ कडा आलोचक रहेका रावल उनै प्रचण्डसँग विलय भएका हुन्। एमालेमा रहँदा पनि रावल ओलीका कडा आलोचक मानिन्थे।   राजधानीमा बुधबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र रावलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

यी हुन् सहमतिका बुँदा

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने।

(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार
गर्ने।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने।

प्रकाशित: २६ कार्तिक २०८२ १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast