काठमाडौँ- नवगठित नेपाली कम्युनिस्ट पार्टीमा पूर्वएमाले नेता भीम रावल प्रवेश गर्ने सम्भावना बढेको छ। रावललाई नेकपा भित्र्याउन आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले रावलसँग संवाद गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार रावलसँग आइतबार साँझ प्रचण्ड र नेपालले छलफल गरेका हुन्। उक्त छलफल सकारात्मक रहेको ज्वालाले बताए। रावल पार्टीमा चाँडै जोडिने समेत उनले बताए ।
भेटमा प्रचण्ड र नेपालले नेता रावल पार्टीमा जोडिए सम्मानजनक हैसियत र जिम्मेवारी दिन कुनै समस्या नभएको बताएका थिए ।
प्रकाशित: २४ कार्तिक २०८२ ६:५१
प्रतिक्रिया



