आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

हिमाल प्रेस २० कार्तिक २०८२ १७:१२
14
SHARES
आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को राजनीतिक संवाद समितिले जेनजी प्रतिनिधिहरूसँग बिहीबार गरेको संवादमा डा.भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्ने बताए।

‘यो रूपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्’,उनले भने, ‘संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन विलाएर जाने खतरा छ।’

उनले जेनजीका विभिन्न प्रश्नको जवाफ दिएका थिए। पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उनको भनाइ थियो। उनले भने,‘अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेनजीको हो।’

पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेनजी आन्दोलनले देखाएको रुपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताइन्।

कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ‘ऊर्जा’, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेनजी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए।

प्रकाशित: २० कार्तिक २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast