रहेनन् इलामका पहिलो इन्जिनियर भट्टराई

हिमाल प्रेस ३० कार्तिक २०८२ १३:३७ | Sunday, November 16, 2025
28
SHARES
रहेनन् इलामका पहिलो इन्जिनियर भट्टराई

काठमाडौँ- इलामकै पहिलो इन्जिनियर मित्रलाल भट्टराईको निधन भएको छ। इलाम नगरपालिका वडा नं ६ पिपलबोटे निवासी भट्टराईको ८६ वर्षीय भट्टराईको निधन भएको हो।

भट्टराईको निधनप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सामाजिक सन्जालमार्फत भट्टराईलाई इलामले एक निपूर्ण सिनियर इन्जिनियर गुमाएको बताएका छन्।

‘नेपाल सरकारका सिनियर डिभिजन इन्जिनियर समेत बन्नुभएको थियो। इलामले वहाँप्रति गौरव गर्नुपर्ने के पनि थियो भने वहाँ इलाम जिल्लाकै प्रथम इन्जिनियर पनि हुनुहुन्थ्यो। वहाँले म ९ कक्षामा पढ्दा जियोमेट्री विषयमा शिक्षण समेत गर्नुभएको थियो। वहाँ इलाम जिल्लाको एक प्रतिष्ठित बौद्धिक व्यक्तित्व पनि हुनुहुन्थ्यो। वहाँको निधनमा देशले र इलामले एउटा बौद्धिक र अनुभवी इन्जिनियरलाई गुमाएको छ।’ झलनाथले सम्झेका छन्।

प्रकाशित: ३० कार्तिक २०८२ १३:३७ | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast