तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

हिमाल प्रेस ११ मंसिर २०८२ १६:१२ | Thursday, November 27, 2025
12
SHARES
तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै समय मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनुपथ्र्यो। कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो। तर,अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आएका छन्। ‘पहिले बाहिरबाट ल्याउथेँ’, उनले भने,‘तर अहिले आफैँ चाका उत्पादन गरेर निर्यात गर्दै आएको छु।’

उनले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्यूठान, बाँकेलगायतमा निर्यात गर्ने गरेको बताए। शर्माले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपक्षी फर्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि यसरी चाका बनाउन थालेका हुन्। आर्थिक वर्ष २०८१/०८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो।

गएको वर्ष मात्रै १० क्वीन्टल आधार चाका उत्पादन भएको उनले बताए। यस वर्ष १५ क्वीन्टल जति उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए। चाकालाई एक हजार रुपैँया किलोका दरले बिक्री हुने गरेको छ।

स्थानीय स्रोत साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ। ‘हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो’,उनले भने,‘तर हामीले उत्पादन गरेका चाकामा त्यस्तो समस्या छैन, मौरीले पनि धेरै मन पराउछन्।’

चाकाबाटै गएको वर्ष पाँच लाख आम्दानी गरेको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (मौरी सुपरजोन) परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो।

उनले मौरी पालन पनि गर्दै आएका छन्। २०६२ सालदेखि मौरी पालन गर्दै आएका उनले वार्षिक १५ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेको बताए। जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ।

उनले मेलिफेरा जातको मौरी पालन गर्दै आएका छन्। ५० घार मौरी पालन गर्ने गरेको शर्माको भनाइ छ। उत्पादन गरेको मह दाङसहित विभिन्नि जिल्लामा निर्यातसमेत हुने गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १६:१२ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast