सेख हसिनालाई प्रत्यार्पण गर्न भारतसँग बंगलादेशको माग

हिमाल प्रेस १ मंसिर २०८२ १८:४८ | Monday, November 17, 2025
38
SHARES
सेख हसिनालाई प्रत्यार्पण गर्न भारतसँग बंगलादेशको माग सेख हसिना : फाइल तस्बिर

काठमाडौँ- बंगलादेशले भारतमा आश्रय लिइरहेका सेख हसिना र असदुज्जमां खान कमाललाई प्रत्यर्पण गर्न माग गरेको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मानवताविरूद्धको अपराधमा दोषी ठहर गरी सोमबार मृत्युदण्डको सजाय सुनाएको छ।

‘अन्तर्राष्ट्रिय अपराध न्यायालयको फैसलाअनुसार भगौडा सेख हसिना र असदुज्जमां खान कमाल दोषी प्रमाणित भएका छन्। मानवताविरोधी अपराधका दोषी व्यक्तिलाई कुनै पनि देशले शरण दिने कार्य अमित्र व्यवहार र न्यायको अवहेलनाको गम्भीर कदम मानिन्छ,’ न्यायाधीकरणको फैसलापछि बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ।

बंगलादेशका अनुसार भारत–बंगलादेशबीच रहेको प्रत्यर्पण सन्धिअनुसार भारतले दुवै जनालाई तत्काल फिर्ता पठाउनुपर्ने हुन्छ।

‘हामी चाहन्छौँ कि भारत सरकारले यी दुवै व्यक्तिलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई बुझाओस्,’ बंगलादेशको विदेश मन्त्रालयले भनेको छ।

यसअघि पनि धेरैपटक औपचारिक पत्रमार्फत हसिनालाई फिर्ता पठाउन भारतसँग माग गरे पनि भारतले कुनै प्रतिक्रिया नदिएको बंगलादेशको दाबी छ।

प्रकाशित: १ मंसिर २०८२ १८:४८ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast