एकदिवसीय क्रिकेटमा बाबरको २०औँ शतक

हिमाल प्रेस २९ कार्तिक २०८२ १०:४७
4
SHARES
एकदिवसीय क्रिकेटमा बाबरको २०औँ शतक

काठमाडौँ- पाकिस्तानका चर्चित ब्याटर बाबर आजमले २६ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।

शुक्रबार रावलपिण्डीमा सम्पन्न खेलमा एकदिवसीय शृंखलाअन्तर्गत श्रीलंकाविरुद्ध बाबरले शतक बनाएका हुन् । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरले ८०७ दिनपछि बनाएको शतक हो। बाबरले पछिल्लो पटक एसिया कपअन्तर्गत नेपालविरुद्ध शतक बनाएका थिए। सन् २०२३ मा आयोजित एकदिवसीय संरचनाको एसिया कपमा नेपालविरुद्ध बाबरले १५१ रन बनाएका थिए।

शुक्रबार श्रीलंकाविरुद्ध बाबरले अविजित १०२ रन बनाए । उनले ११९ बलमा आठ चौका प्रहार गरेका थिए। ‘यो निक्कै कठिन समय थियो। तर, मैले आफूलाई सम्हाल्न सक्दो प्रयास गरेँ । मैले आफूमा सुधार्न आवश्यक कुरामा काम गरेँ। एक क्रिकेटरको रुपमा, पक्कै पनि यस्तो समय आउँछ नै,’ शतकको लामो खडेरी तोडेपछि बाबरले भने ‘तर, खेलाडीले हरेक दिन आफ्नो योजना पछ्याउनु पर्छ । जसको प्रतिफल आउँछ।’

यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरले बनाएको २०औँ शतक हो । यस्तै, क्रिकेटका तीनै संरचनामा बाबरको यो ३२औँ शतक हो।

प्रकाशित: २९ कार्तिक २०८२ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast