कीर्तिमानी मूल्यमा अडियो डलर

हिमाल प्रेस ७ मंसिर २०८२ ७:०४ | Sunday, November 23, 2025
8
SHARES
कीर्तिमानी मूल्यमा अडियो डलर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।

अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राको कारबार सोही मूल्यमा हुनेछ। यी सबै मुद्राको मूल्य हिजो बढेको थियो।

आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। आज युरो १ को खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ। आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ।

प्रकाशित: ७ मंसिर २०८२ ७:०४ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast