देउवा दम्पतीमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण : कार्की

हिमाल प्रेस २५ कार्तिक २०८२ १५:१०
22
SHARES
देउवा दम्पतीमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण : कार्की

काठमाडौँ- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणा देउवामाथिको आक्रमण समग्र लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसमितिको मंगलबारको बैठकमा उनले देउवा दम्पत्तमाथिको सांघातिक आक्रमण लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका हुन्।

‘उहाँहरूमाथि भएको आक्रमण उहाँहरूमाथि मात्र नभएर समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएकोले दोषीहरूमाथि कडा कानुनी कारबाहीका लागि म जोडदार माग गर्दछु,’ कार्कीले भने।

प्रकाशित: २५ कार्तिक २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast