स्थानीय तहका शिक्षा अधिकृतका लागि क्षमता अभिवृद्धि तालिमका लागि आवेदन खुला

हिमाल प्रेस १६ कार्तिक २०८२ ११:४४
16
SHARES
स्थानीय तहका शिक्षा अधिकृतका लागि क्षमता अभिवृद्धि तालिमका लागि आवेदन खुला

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले स्थानीय तहका शिक्षा सेवाका अधिकृतस्तरका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिमका लागि आवेदन खुला गरेको छ।

केन्द्रले आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तालिम कात्तिक २३ गतेदेखि र मंसिर ७ गतेदेखि गरी दुई चरणमा सञ्चालन गर्ने जनाएको छ।

तालिममा सहभागी हुन इच्छुक कर्मचारीहरूले केन्द्रको शैक्षिक व्यवस्थापन तालिम शाखाको वेबसाइट https://training.biwaran.com मा गई वा सूचना साथ प्रकाशित गरिएको QR कोड स्क्यान गरी फारम भरी आवेदन दिन सक्नेछन्।

साथै, स्थानीय तहको सहमति पत्र इमेल [email protected] मा पठाउनुपर्नेछ। आवेदन पठाउने अन्तिम मिति कात्तिक १९ गते तोकिएको छ।

आवेदन गर्नेहरू मध्येबाट छनोट भएका सहभागीलाई पछि सूचित गरिने केन्द्रले जनाएको छ। यो तालिमको समन्वय शैक्षिक व्यवस्थापन तालिम शाखाले गर्दैछ।

शाखा अधिकृत उमा बुढाथोकीका अनुसार तालिमले स्थानीय तहका अधिकृतस्तरका कर्मचारीहरूको व्यवस्थापकीय र शैक्षिक दक्षता अभिवृद्धिमा टेवा पुर्‍याउनेछ।

प्रकाशित: १६ कार्तिक २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast