काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ काठमाडौँमा मसाल जुलुस निकालेको छ।
सरकारले दललाई निषेध गर्न खोजेको भन्दै अनेरास्ववियुले बिहीबार साँझ काठमाडौँको मीनभवन क्याम्पसबाहिर मसाल जुलुस निकालेको हो।
स्वतन्त्र रुपमा राजनीतिक गतिविधि गर्न पाउने सबैको अधिकार भए पनि एमालेको कार्यक्रमलाई केही ठाँउमा निषेध गर्ने प्रयास सरकारबाटै भएको उनीहरुको आरोप छ। उनीहरुले राजनीतिक गतिविधिमा लगातार निषेध भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन्।
अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले सुरक्षा दिन नसक्ने सरकारले निर्वाचनको नाटक गरिरहेको समेत बताएका छन्।
प्रकाशित: ४ मंसिर २०८२ १८:४६ | Thursday, November 20, 2025
प्रतिक्रिया



