एन्फाले आन्दोलनमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

हिमाल प्रेस २३ कार्तिक २०८२ १७:५६
8
SHARES
एन्फाले आन्दोलनमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्नामा उत्रिएका खेलाडीलाई वार्ताका लागि बोलाएको छ।

एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई भोलि (सोमबार) वार्ताका लागि आह्वान गरेको हो।

गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो। शीर्ष डिभिजन लिगको साटो राष्ट्रिय लिग गर्ने सहमति जुटेपछि खेलाडीहरूले विरोध जनाएका थिए।

विरोध स्वरुप खेलाडीहरुले एन्फा गेटमा आफूले पाएका मेडलहरू झुन्डाएर धर्ना गरेका थिए।

तीन दिनपछि खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका थिए । एन्फा प्रवेश गर्न नपाएपछि खेलाडीले विरोधस्वरुप मेडल झुन्डाएर धर्ना कार्यक्रम सक्काएका थिए।

प्रकाशित: २३ कार्तिक २०८२ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast