अनन्त तामाङको इन्ज्युरी टाइम गोलले नेपाललाई हारबाट जोगायो

हिमाल प्रेस २८ कार्तिक २०८२ ७:४७ | Friday, November 14, 2025
18
SHARES
अनन्त तामाङको इन्ज्युरी टाइम गोलले नेपाललाई हारबाट जोगायो

काठमाडौँ- डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगिएको छ। ढाकास्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-२ को बराबरीमा रोकेको हो। नेपालका रोहित चन्द र अनन्त तामाङले गोल फर्काए। बंगलादेशका लागि दुवै गोल इङ्लिस क्लब लेस्टर सिटीमा खेल्दै आएका हम्जा चौधरीले गरे।

खेलमा सुरुवाती अग्रता भने नेपालले लिएको थियो। २९औं मिनेटमा सुमित श्रेष्ठको कटब्याक पासमा रोहितले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। तर, पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा भने जोगाउन सकेन। खेल सुरु भएको चार मिनेटमै हम्जाले दुई गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए।

४६औं मिनेटमा कप्तान जमल भुइयाँले दिएको फितलो पासमा सिक्स यार्डनजिक रहेका हम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ४९औं मिनेटमा सुमन श्रेष्ठले पेनाल्टी बक्सभित्र बंगलादेशी खेलाडीलाई लडाउँदा रेफ्रीले पेनाल्टी दिए।

हम्जाले पेनेन्कामार्फत किरण चेम्जोङलाई सहजै छक्काउँदै उनले गोल गरे। हम्जाको बंगलादेशी जर्सीमा यो चौथो गोल हो। तर, इन्ज्युरी समयको चौथो मिनेटमा अनन्तले गोल फर्काए। कर्नरबाट आएको बललाई उनले हेडर गर्दै गोल गरे र नेपाल हारबाट जोगियो।

प्रकाशित: २८ कार्तिक २०८२ ७:४७ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast