नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

हिमाल प्रेस २७ कार्तिक २०८२ २०:०४
8
SHARES
नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच भेटवार्ता भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा सिन्हा र गोयलबीच भेटवार्ता भएको हो।

भेटका क्रममा भारत र नेपालबीच ‘ट्रान्जिट सन्धि’ सम्बन्धी व्यवस्था संशोधन गर्ने ‘लेटर अफ एक्सचेन्ज’ साटासाट गरिएको छ। यो हस्ताक्षरपछि भारतको जोगबनी र नेपालको विराटनगरबीच रेलमार्गबाट हुने मालसमानको आवागमनलाई थप सहज र प्रभावकारी बनाउने बताइएको छ।

अबदेखि थोक मालसमानसमेत यो प्रणालीअन्तर्गत समावेश गरिने भएको छ, जसले दुवै देशबीचको रेल आधारित व्यापार विस्तारमा नयाँ आयाम थप्ने भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ।

संशोधित व्यवस्थाले कोलकत्ता–जोगबनी, कोलकत्ता–नौतनवा (सुनौली) र विसाखापट्टनम–नौतनवा जस्ता मुख्य ट्रान्जिट मार्गहरूमा पनि लागू हुने जनाइएको छ। त्यस्तै यसले भारत–नेपालबीचको बहुआयामिक व्यापारिक सम्पर्क थप सुदृढ पार्ने र नेपालको तेस्रो मुलुकसँगको व्यापार पनि सुलभ हुने विश्वास लिएको छ।

अब कन्टेनर र थोक गरी दुवै प्रकारका मालसामानहरू जोगबनी–विराटनगर रेलमार्फत प्रत्यक्ष रुपमा ढुवानी गरिने जनाइएको छ। त्यस्तै यो प्रणालीले कोलकत्ता र विसाखापट्टनम बन्दरगाहबाट सीधै विराटनगरनजिकको नेपाल भन्सार यार्ड कार्गो स्टेशनसम्म सामान पठाउने सुविधा दिनेछ।

यो रेलमार्ग भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०२३ जुन १ मा संयुक्त रुपले उद्घाटन गरेका थिए।

बैठकमा दुवै पक्षले सीमापार व्यापार र यातायात सञ्जाल सुदृढीकरणका लागि चलिरहेका परियोजनाहरूबारे पनि छलफल भएको थियो। दुवै देशबीच भएको यो सहमति र संशोधनले आर्थिक सहयोग, पूर्वाधार विकास र क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग पु¥याउने विश्वास लिइएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast