रेलमा बम राखेको हल्ला फैलिएपछि…

हिमाल प्रेस १६ कार्तिक २०८२ ११:२६
16
SHARES
रेलमा बम राखेको हल्ला फैलिएपछि… रेलमा बम राखेको हल्लापछि अलिगढ स्टेसनमा सुरक्षा जाँचमा खटिएको सुरक्षाकर्मीको टोली।

काठमाडौँ- भारतको विहार राज्यमा पर्ने भागलपुरबाट आनन्द विहारतर्फ गुडिरहेको विक्रमशिला एक्सप्रेस रेलमा आइतबार बिहान बम र आतंकवादी भएको सूचना प्राप्त भएपछि उत्तरप्रेदशस्थित अलीगढ रेल्वे स्टेसनमा तनाव उत्पन्न भएको छ।

सुरक्षा सतर्कता अपनाउँदै रेललाई प्लेटफर्म नम्बर ५ मा रोकेर करिब ४२ मिनेटसम्म विस्तृत सुरक्षा जाँच गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बम डिस्पोजल टोलीको संयुक्त जाँचका क्रममा कुनै शंकास्पद व्यक्ति वा वस्तु फेला नपरेपछि रेललाई पुनः गन्तव्यतर्फ पठाइएको समाचारमा उल्लेख छ।

रेल सुरक्षा बल (आरपीएफ) का सहायक आयुक्त गुलजार सिंहका अनुसार बिहान ५:२० बजे रेलवे कन्ट्रोल रूममा गाडी नम्बर १२३६७ विक्रमशिला एक्सप्रेसमा आतंकवादी र बम भएको सूचना प्राप्त भएको थियो। त्यसपछि नन-स्टप चल्ने उक्त ट्रेनलाई अलीगढ जक्सनमा बिहान ५:५८ बजे आपतकालीन रूपमा रोकेर सुरक्षा जाँच गरिएको हो।

सुरक्षा जाँचमा कुनै पनि विस्फोटक वा शंकास्पद वस्तु नपाएपछि ट्रेनलाई ४२ मिनेट ढिलाइपछि पुनः आनन्द विहारतर्फ प्रस्थान गराइएको थियो। सहायक आयुक्त सिंहले भने, ‘चाडपर्व र विवाह सिजनका कारण देशभरका स्टेसनहरूमा विशेष सतर्कता अपनाइएको छ। आरपीएफ र जीआरपीका जवानहरू निरन्तर गस्तीमा छन् र शंकास्पद गतिविधिमाथि कडा निगरानी राखिएको छ।’

प्रकाशित: १६ कार्तिक २०८२ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast