ह्वीप उल्लंघन गर्ने माओवादीका दुई सांसदमाथि अगाडि बढ्यो कारबाही

हिमाल प्रेस २७ कार्तिक २०८२ १६:३५ | Thursday, November 13, 2025
32
SHARES
ह्वीप उल्लंघन गर्ने माओवादीका दुई सांसदमाथि अगाडि बढ्यो कारबाही

काठमाडौँ- नेकपा माओवादी केन्द्रले व्हीप उल्लंघन गर्ने मधेश प्रदेशसभाका दुई सांसदमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने सन्दर्भमा व्हीप उल्लंघन गर्ने प्रदेश सांसदहरू रहबर अन्सारी र माला कर्णमाथि माओवादी केन्द्र प्रदेश संसदीय दलले कारबाही अगाडि बढाएको हो।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पार्टीको व्हीप उल्लंघन गरेका सांसदहरूमाथि कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिए।संसदीय दलका नेता साहले प्रदेशसभा बैठकमा गैरसंवैधानिक र पार्टी अनुशासनविपरित कार्य गरेकाले दुवै जनामाथि संगठनात्मक कारबाहीको प्रक्रिया अगाडि बढेको बताए।

‘पार्टीको ह्वीप नमान्नु संसदीय प्रक्रियाविरूद्धको कार्य हो। अनुशासनविपरितको काम भएको छ,’ उनले भने,‘साधारण सदस्यसमेत नरहने गरी दुवै जनामाथि कारबाही गर्ने निर्णय भइसकेको छ। केन्द्रबाट पत्र आएसँगै प्रदेशसभामा उनीहरूको पद खारेजका लागि सिफारिस गर्नेछौँ।’

२२ कात्तिकमा तत्कालीन मुख्यमन्त्री सोनलले विश्वासको मत लिने क्रममा माओवादी केन्द्रका सांसद अन्सारीले पार्टी व्हीपविपरित रोष्ट्रमबाटै ‘विद्रोह’ गरेका थिए। दलहरूले नैतिक हैसियत गुमाइसकेको भन्दै पार्टीले कारबाही गरे पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका थिए।

रोष्ट्रममा उभिएर आफ्नो अनुहारमा कालोमोसो दलेका उनले विश्वासको मत नदिने घोषणा गरेसँगै बैठकमा उपस्थित माओवादी केन्द्रकी सांसद माला कर्णले आफू पनि अन्सारीकै पक्षमा रहेको बताएकी थिइन्।

विश्वासको मत नदिने माओवादी केन्द्रका दुई सांसदको घोषणापछि सोनलले विश्वासको मत प्राप्त गर्ने आधार गुमाएका थिए। विश्वासको मत पाउने सम्भावना गुमेपछि उनले प्रदेशसभा बैठकबाटै राजीनमा दिने घोषणा गरेका थिए।

प्रकाशित: २७ कार्तिक २०८२ १६:३५ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast