कार्यवाहक सभापति खड्का भन्छन् – उपयुक्त निर्णय गर्न समय लागेको छ

हिमाल प्रेस २९ कार्तिक २०८२ १८:३८ | Saturday, November 15, 2025
16
SHARES
कार्यवाहक सभापति खड्का भन्छन् – उपयुक्त निर्णय गर्न समय लागेको छ फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझीदिई धैर्यता राख्न आग्रह गरेका छन्।

उनले शनिबार समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरुलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।’

खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन्।

प्रकाशित: २९ कार्तिक २०८२ १८:३८ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast