काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ भने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ।
आज एक तोला सुनको मोल रु दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ५ मंसिर २०८२ ११:०२ | Friday, November 21, 2025
प्रतिक्रिया





