थपिए ६ लाख २० हजार मतदाता

हिमाल प्रेस २ मंसिर २०८२ ९:४२
6
SHARES
थपिए ६ लाख २० हजार मतदाता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताका लागि लागेको लाम। तस्बिर : हिमालप्रेस

काठमाडौँ- निर्वाचन आयोगले सोमबार रातिसम्म ६ लाख २० हजार थपिएको जनाएको छ। आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना र राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना छन् ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ। सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।

प्रकाशित: २ मंसिर २०८२ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast