काठमाडौँ- चन्द्रागिरि-६, महादेवस्थानबाट कौडा खेल्ने ६ जनालाई पक्राउ गरिएको छ। प्रहरी वृत्त थानकोटको टोलीलाई आज (आइतबार) दिउँसो १ लाख ७२ हजार ५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चन्द्रागिरि–६ की सरिता गिरी (४४), मकवानपुर घर भई चन्द्रागिरी–३ बस्ने राजु लामा (३२), धादिङ गल्छी–४ का नारायण अधिकारी (३६), धुनिबेसी–६ का मिलन तामाङ (३१), काठमाडौँ चन्द्रागिरी–७ का शनि खड्का (३४) र मकवानपुर थाहा नगरपालिका–१२ का सम्राट स्याङ्तान (२७ रहेको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनीहरुको साथबाट नगदसहित १६ थान कौडा पनि बरामद गरिएको छ।
प्रकाशित: १६ कार्तिक २०८२ १९:०६
प्रतिक्रिया



