पाँचौँ लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु

हिमाल प्रेस १६ कार्तिक २०८२ ११:४४
12
SHARES
पाँचौँ लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु

काठमाडौँ- लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण आजदेखि सुरू भएकाे छ। महाेत्सवकाे उद्घाटन कात्तिक १७ अर्थात् भाेलि हात्तिगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा हुने महोत्सव निर्देशक टंक चौलागाईंले बताए।

निर्देशक चौलागाईंकाअनुसार महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेकरिपब्लिक, लात्भिया, ब्राजिलका कलाकार सहभागी हुनेछन्। उनीहरूले आफ्नै भाषा र संस्कृतिमा नाटक मञ्चन गर्नेछन्। साथै महाेत्सवमा बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ।

महोत्सव ६ दिनसम्म चल्नेछ। पहिलो दिन विभिन्न देशबाट आएका कलाकारहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। महोत्सवको दोस्रो दिन उद्घाटनसत्र पछि आयोजक स्कुलसहित ब्राजिल र ब‌ंगलादेशको नाटक मञ्चन हुनेछ। तेस्रो दिन १८ गते जापान, युके र थाइल्यान्ड, लात्भिया र इरानको प्रस्तुति रहेनेछ। चाैथो  दिन १९ गते जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहनेछ।

पाँचौँ दिन २० गते भ्याली भ्यू स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ। अन्तिम दिन श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि महोत्सव समापन हुनेछ। नाटक मञ्चन समय हरेक दिन बिहान १०ः३० बजे, दिउँसो १ः बजे र ५ः०० बजे रहेको छ।

आयोजकका अनुसार उद्घाटनमा नेपालबाट कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, प्रो. डा. अभि सुवेदी, प्रो. डा. सावित्री कक्षपति, नाट्य निर्देशक, लेखक अषेश मल्ल, रंगकर्मी आकांक्षा कार्की, रंगकर्मी प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मन्जु गिरी, पुष्पराज अवस्थीलगायत नाट्यकर्मीहरू सहभागी हुनेछन्।

महोत्सवमा नेपालसहित १द्द देशका करिब ५० कलाकार सहभागी हुनेछन्। ती कलाकारहरूले आआफ्ना देशको भेषभूषा लगाएर, झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बगैँचाजस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन्। ‘यो वर्ष अप्ठ्यारो समय हो। यहि अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ’, उनले भने।

बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ। आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने उद्देश्यले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक कुमार कार्कीले बताए। ‘विदेशी कलाकारहरू बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ। जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्’, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast