मक्काबाट मदिनातर्फ गइरहेको बस दुर्घटना हुँदा ४५ भारतीयको मृत्यु

हिमाल प्रेस १ मंसिर २०८२ १४:३८
8
SHARES
मक्काबाट मदिनातर्फ गइरहेको बस दुर्घटना हुँदा ४५ भारतीयको मृत्यु

काठमाडौँ- मक्काबाट मदिनातर्फ गइरहेको बस दुर्घटना हुँदा कम्तीमा ४५ भारतीयको मृत्यु भएको छ। मक्काबाट गइरहेको बस सउदी अबरस्थित मुफ्रिहत क्षेत्रमा डिजेल ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको हो।

मृतकमध्ये अधिकांश तेलंगाना राज्यको हैदराबादका रहेको जनाइएको छ। भारतीय तीर्थयात्रीहरू उमराहका लागि मक्काबाट मदिनातर्फ गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘मदिनमा भारतीय नागरिक दुर्घटनामा परेको खबरले दुःखी छ। मेरो संवेदना उनीहरूको परिवारसँग छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

रियादस्थित भारतीय दूतावास र जेद्दाहस्थित कन्सुलेट सक्दो सहयोग गरिरहेको उनको भनाइ छ।

त्यस्तै विदेशमन्त्री एस जयशंकरले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले रियादस्थित भारतीय दूतावास र जेद्दाहस्थित कन्सुलेट जनरलले प्रभावित भारतीय नागरिक र उनका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएका छन्।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। तेलंगाना मुख्यमन्त्री कार्यालयका अनुसार बसमा अधिकांश हैदराबादका व्यक्ति सवार थिए।

प्रकाशित: १ मंसिर २०८२ १४:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast