पेरूमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

हिमाल प्रेस २७ कार्तिक २०८२ १४:१६ | Thursday, November 13, 2025
10
SHARES
पेरूमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

काठमाडौँ- पेरूमा एक यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ। ६० जना यात्रु सवार सडकबाट दुई सय मिटर तल गहिरो खोँचमा खसेर दुर्घटना भएको हो।

दुर्घटना पेरूलाई चिलीसँग जोड्ने प्यान–अमेरिकन राजमार्गमा भएको बताइएको छ।

सडकको मोडमा पिकअप ट्रकसँग ठोक्किएपछि नियन्त्रण गुमेर बस र्दुघटना भएको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

रातिको समय र पहाडी सडकहरूमा पेरूमा बस दुर्घटनाहरू सामान्य रूपमा हुने गर्छन्। यस्ता दुर्घटनाका कारणहरूमा खराब सडक, तीव्र गति र सुरक्षा संकेतहरूको अभाव प्रमुख मानिन्छ।

प्रकाशित: २७ कार्तिक २०८२ १४:१६ | Thursday, November 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast