भीमफेदी कारागारबाट फरार २७२ कैदीबन्दी फर्किए

हिमाल प्रेस ९ मंसिर २०८२ १०:१३ | Tuesday, November 25, 2025
8
SHARES
भीमफेदी कारागारबाट फरार २७२ कैदीबन्दी फर्किए

मकवानपुर- मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किए भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन्।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किको पौडेलले बताए।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी अझै फरार छन्। फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किए र २६ जना अझै फरार छन्।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०८२ १०:१३ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast