मेक्सिकोको एक पसलमा आगलागी हुँदा २३ जनाको मृत्यु

हिमाल प्रेस १६ कार्तिक २०८२ १६:३८
8
SHARES
मेक्सिकोको एक पसलमा आगलागी हुँदा २३ जनाको मृत्यु

काठमाडौँ- मेक्सिकोको एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार मेक्सिकोको हर्मोसिलो सहरस्थित वाल्डोज नामक पसलमा आगलागी भएको हो। आगलागी भएको पसल मेस्किोको सबैभन्दा ठूला डिस्काउन्ट स्टोर चेनमध्ये एक हो।

कतिपय स्थानीय अधिकारीहरूले विस्फोटका कारण यो घटना भएको बताएका छन्। यद्यपि सोनोरा प्रदेशका गभर्नर अल्फोन्सो दुराजोले आगलागीको कारण खुल्न बाँकी रहेको जिकिर गरेका छन्।

सोनोरा राज्यको सार्वजनिक सुरक्षा सचिवालयले यो घटनामा कुनै आक्रमण वा सर्वसाधारणमाथि जानाजानी गराइएको हिंसाको आशंका नगरिएको उल्लेख गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८२ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast