तस्बिर : एफपी
काठमाडौँ- कालमगी चक्रवातका कारण फिलिपिन्स र भियतनाममा १९३ जनाको मृत्यु भएको छ। चक्रवातले फिलिपिन्समा कम्तीमा १८८ र भियतनाममा पाँच जनाको ज्यान लिएको अधिकारीहरूले जनाएका छन्।
बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको वेगमा मध्य भियतनाम हुँदै गुज्रिएएको यो चक्रवात पश्चिम कम्बोडिया र लाओसतर्फत बढेको छ। मध्य भियतनामका तटीय सहर र गाउँहरू रातभर चक्रवातको प्रकोप सहेर शुक्रबार भग्नावशेषले भरिएका देखिएका छन्।
तीव्र हावाहुरीका कारण घटरका छानाहरू उडेका छन् भने झ्यालका सिसाहरू फुटाएका छन्। हजारौँ मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिएका छन्।
प्रकाशित: २१ कार्तिक २०८२ १५:५७
प्रतिक्रिया



