बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

हिमाल प्रेस ७ मंसिर २०८२ १५:५२ | Sunday, November 23, 2025
10
SHARES
बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

नेपालगन्ज- आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन्। जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने ६ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये ६ हजार ८३५ पुरुष र पाँच हजार ८७४ महिला छन्। राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी शाहीको भनाइ छ।

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै अझै पनि धेरैको नाम छुटेको हुनसक्ने बताए।

‘जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन्’,उनले भने। २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४मतदाता थिए।

आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको थियो।

आठ स्थानीय तह रहेको बाँकेमा निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगन्ज र कोहलपुर नगरपालिकाका छन्।

प्रकाशित: ७ मंसिर २०८२ १५:५२ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast