एनपीएलमा १५ सय सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस २ मंसिर २०८२ १६:१३
10
SHARES
एनपीएलमा १५ सय सुरक्षाकर्मी परिचालन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रंगशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। एनपीएल सुरक्षाको नेतृत्व गरी रहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रंगशाला परिसरमा खटिएको बताए।

त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। रंगशाला परिसरमा नयाँ संरचनाहरू तयार भएको र नेपालीहरूमा बढ्दो क्रिकेट क्रेजलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ। ‘यसपटक एकैतर्फ तीनवटा सम्म ढोकाबाट दर्शक प्रवेश गराउने व्यवस्था भएकाले गत वर्षझैँ एकै ठाउँमा भीड जम्मा हुने अवस्था हुँदैन,’ उनले भने।

रंगशालामा ४२ वटा सिसिटिभी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी गरिएको छ। यस पटक ड्रोनबाट समेत सुरक्षा निगरानी गरिएको छ। खासगरी टिकट वा प्रवेश पास नभएका व्यक्तिहरु गेटअगाडि जम्मा नहुन् भन्नेतर्फ विशेष ध्यान पुर्‍याइएको छ। यसका लागि बाहिरी पर्खालमा समेत काँडेतार लगाइएको छ।

एनपीएलमा प्रहरीका साथै अनुसन्धान, सुरक्षाजाँच यन्त्रहरू र कुकुरको समेत प्रयोग गरी प्रत्येक दिनका खेलअघि जाँच गर्ने गरिएको जानकारी पनि उपरीक्षक भट्टराईले दिए। रंगशालाको मूलबाटो बाटै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग जाने गाडीहरू हिँड्ने भएकाले ट्राफिक व्यवस्थापन केही चुनौती भएको जनाइएको छ। खेलाडीको निवास र रंगशालासम्म उनीहरूको आवतजावतलाई सुरक्षित बनाउन समेत प्रहरी परिचालन गरिएको उपरीक्षक भट्टराईले बताए।

प्रकाशित: २ मंसिर २०८२ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast