भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

हिमाल प्रेस २ मंसिर २०८२ १३:१३ | Tuesday, November 18, 2025
6
SHARES
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ताका लागि लागेको लाम। तस्बिर : हिमालप्रेस

भक्तपुर- जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।

उनले भक्तपुरमा यस पटक मतदाताको संख्या दुई लाख नाघेको जानकारी दिए। मतदाता नामावली संकलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको उनले बताए।

आयोगले मतदाता नामावली संकलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ।

प्रकाशित: २ मंसिर २०८२ १३:१३ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast