एमाले महाधिवेशनका लागि ११ वटा समिति, नामावलीसहित

हिमाल प्रेस ४ मंसिर २०८२ २२:१६ | Thursday, November 20, 2025
22
SHARES
एमाले महाधिवेशनका लागि ११ वटा समिति, नामावलीसहित

काठमाडौँ- नेकपा एमालेले ११औँ महाधिवेशन सम्पन्न गर्न ११ वटा समिति गठन गरेको छ। काठमाडौँमा बिहीबार बसेको एमाले सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि ११ वटा समिति गठन गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीलाई दिएका हुन्।

उनका अनुसार प्रतिनिधि व्यवस्थापन समिति, जनपरिचालन समिति, आवास व्यवस्थापन समिति, खाद्य व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति, अतिथि सत्कार समिति, स्वयंसेवक परिचालन समिति, प्रचार समिति, मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति र आर्थिक समिति गठन गरिएको हो।

बैठकले महाधिवेशनका लागि चयन हुने प्रतिनिधिको मापदण्ड हेरफेर गरेको छ। प्रवासी नेपाली मञ्च भारत र प्रवासी नेपाली अन्तर्राष्ट्रिय मञ्चबाट दुई/दुई महिला थप गरेर पाँच/पाँच प्रतिनिधि आउने व्यवस्था गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए। यस्तै उपत्यका विशेष कमिटीबाट एकजना युवा प्रतिनिधित्व गराउने निर्णय गरिएको छ।

बैठकले घर फर्क अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका नेतालाई प्रतिनिधि बनाउने निर्णय गरेको छ।

कुन समितिमा को?

१. प्रतिनिधि व्यवस्थापन समिति

• संयोजक: काशीनाथ अधिकारी
• सचिव: माधव ढुंगेल

२. जनपरिचालन समिति

• संयोजक: प्रदीप ज्ञवाली
• सचिव: राजन भट्टराई

३. आवास व्यवस्थापन समिति

• संयोजक: छविलाल विश्वकर्मा
• सचिव: लालबाबु पण्डित

४. खाद्य व्यवस्थापन समिति

• संयोजक: लेखाराज भट्ट
• सचिव: भीष्म अधिकारी

५. यातायात व्यवस्थापन समिति

• संयोजक: गोकर्ण विष्ट
• सचिव: रचना खड्का

६. अतिथि सत्कार समिति

• संयोजक: रघुवीर महासेठ
• सचिव: महेश बर्तौला

७. स्वयंसेवक परिचालन समिति

• संयोजक: भानुभक्त ढकाल
• सचिव: विनोद पाण्डे

८. प्रचार समिति

• संयोजक: पद्मा अर्याल
• सचिव: राजेन्द्र गौतम

९. मञ्च व्यवस्थापन समिति

• संयोजक: विनोद श्रेष्ठ
• सचिव: लोकबहादुर भण्डारी

१०. स्वास्थ्य समिति

• संयोजक: कृष्ण गोपाल श्रेष्ठ
• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११. आर्थिक समिति

• संयोजक: विष्णु रिमाल
• सचिव: विना श्रेष्ठ

प्रतिनिधि छनोटको सहजीकरण गर्न जिम्मेवारी

एमालेले महाधिवेशनका लागि समग्र प्रतिनिधि छनोटमा समन्वय र सहजीकण गर्नका लागि १७ नेतालाई जिम्मेवारी तोकेको छ।

विभिन्न जिल्ला, जनसंगठन, विभाग, सम्र्पक समन्वय कमिटीमा प्रतिनिधि छनोटमा आइपर्ने समस्या समाधान गर्न संगठन विभागका सदस्यसमेत रहेका नेतालाई समन्वयकर्ताको जिम्मेवारी तोकिएको पार्टीका केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।

उनका अनुसार १७ नेताहरुले महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयमा आउन सक्ने अस्पष्टतालाई स्पष्ट पार्ने र छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिनेछन्। ती नेताहरुलाई जिल्ला, जनसंगठन, विभाग, सम्पर्क समन्वय, प्रवास लगायतका क्षेत्र तोकी प्रतिनिधि छनोटमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ।

संगठन विभागका सदस्यहरु भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, सुमनराज प्याकुरेल, ज्वाला साह, आनन्द पोखरेल, गणेश पहाडी, सुजिता शाक्य, सम्झना देवकोटा, गोविन्द नेपाली, लीला गिरी, जीवन गौतमलाई समन्वय र सहजीकरणका लागि तोकिएको छ।

यसैगरी लक्ष्मी पोखरेल, लालबहादुर थापा, लीला भण्डारी, माधव ढुंगल र काशीनाथ अधिकारीलाई प्रतिनिधि छनोटमा देखिएका समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ।

 

प्रकाशित: ४ मंसिर २०८२ २२:१६ | Thursday, November 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast