मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

हिमाल प्रेस १५ कार्तिक २०८२ ९:५७
6
SHARES
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

काठमाडौँ- मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

आज बिहानी ६ बजे उनीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारको लागि खटिएको थियो ।

उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छन् । एक जना पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

प्रकाशित: १५ कार्तिक २०८२ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast