लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

हिमाल प्रेस ३ कार्तिक २०८२ ९:४५ | Monday, October 20, 2025
लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

पोखरा- कास्की प्रहरीले पोखराका एकजना युवकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा १७, घारीपाटन निवासी २५ वर्षीय नवराज चापागाई हुन्। घारीपाटनमा लागुऔषधको कारोबार भएको सूचना आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले चापागाईलाई शनिबार राति ब्राउन सुगर शून्य दशमलब ९२ ग्राम र ९४ हजार ५ सय रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

उनलाई कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित: ३ कार्तिक २०८२ ९:४५ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast