विश्वकप लिग–२ : ३५ रन बनाएर बाहिरिए आसिफ, दबाबमा नेपाल

हिमाल प्रेस १३ कार्तिक २०८२ १२:४१ | Thursday, October 30, 2025
4
SHARES
विश्वकप लिग–२ : ३५ रन बनाएर बाहिरिए आसिफ, दबाबमा नेपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ।

लगातार विकेट गुमाएको नेपाललाई भरोसा देखाएका ओपनर पनि १७ दशमलव १ ओभरमा यूएईका जुनेद सिद्दिकीको बलमा आउट भए।

४८ बलमा ३५ रन बनाएका आसिफ समेत बाहिरिए पनि अहिले क्रिजमा आरिफ सेख र कप्तान रोहित पौडेल छन्। हाल सम्म नेपालले १८ दशमलव २ ओभरमा ३ विकेट गुमाएर ७५ रन बनाएको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १२:४१ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast