इटहरीमा ईभी गाडीको ठक्करबाट महिलाको मृत्यु

हिमाल प्रेस ९ कार्तिक २०८२ ९:१४ | Sunday, October 26, 2025
इटहरीमा ईभी गाडीको ठक्करबाट महिलाको मृत्यु

इटहरी- इटहरी उपमहानगरपालिका–४ पानधारेस्थित भित्री सडकखण्डमा शनिवार बेलुका ८ बजेतिर ईभी गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन्। घरमा पार्किङ गर्न खोजिएको प्र. १–०२–००१ ज ४५३३ नम्बरको ईभी गाडीले घरअगाडि बसिरहेकी महिलाहरूलाई ठक्कर दिएको हो।

ठक्करबाट ४५ वर्षीया शान्तीदेवी साहको ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाइएकोमा राति १०ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा २६ वर्षीया राधिका साहको बायाँ खुट्टा फ्याक्चर भई घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।

गाडी चालककरिब ५० वर्षीय मुरली मानन्धर फरार रहेको र उनको खोजतलास जारी रहेको इटहरी इलाका प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: ९ कार्तिक २०८२ ९:१४ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast