‘मन बिनाको धन’ मा किन रोए अशोक?

हिमाल प्रेस ३१ असोज २०८२ ११:०५ | Friday, October 17, 2025
4
SHARES
‘मन बिनाको धन’ मा किन रोए अशोक?

काठमाडौँ- अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अशोकसहित, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई देख्न सकिन्छ। अशोक भने रोइरहेका छन्। अन्य कलाकार काेही गम्भिर त काेही हसिलाे मुहारमा देखिएका छन्।

अशोक किन रोए त, भन्ने थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ। फिल्म आगामी कात्तिक २१ देखि प्रदर्शन हुने टंक बुढाथोकीले निर्देशन गरेको फिल्म सामाजिक विषयवस्तुमा बनेको छ। निर्देशक बुढाथोकीकै कथा रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।

अशोकले पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन्। उनी अहिले काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन्। फिल्म उनकै जीवन कथासँग सम्बन्धित छ।

फिल्मका निर्माता विष्णुमाया मैनाली हुन्। सपना शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन्।

फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ। फिल्म एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

प्रकाशित: ३१ असोज २०८२ ११:०५ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast